न्यूजिल्याण्डद्वारा श्रीलंकाविरुद्धको सिरिज ‘ड्र’

विश्व टेस्ट च्याम्पियनिसप अन्तर्गत न्यूजिल्याण्डले श्रीलंकाविरुद्धको सिरिज ‘ड्र’ गरेको छ ।

पहिलो टेस्टमा ६ विकेटले विजयी भएको घरेलु टोली श्रीलंका दोस्रो टेस्टमा भने ठूलो हार व्यहोर्न बाध्य बन्यो । टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले पहिलो पारिमा २४४ रन बनाएको थियो ।

पहिलो पारिमा ६ विकेटको नोक्सानीमा ४३१ रन बनाएर पारि समाप्त गरेको न्यूजिल्याण्डले दोस्रो पारि ब्याटिङ नै गर्नु परेन । दोस्रो पारिमा श्रीलंका १२२ रनमा समेटिएपछि न्यूजिल्याण्ड एक इनिङ्स र ६५ रनले विजयी भयो ।

न्यूजिल्याण्डलाई जिताउन टे«न्ट बोल्ट, टिम साउथी, अजाज पटेल र विलियम सोमरभिलले समान २–२ विकेट लिन सफल भए । श्रीलंकाका ओपनिङ जोडीले खाता नै खोल्न सकेनन् भने निरोशन डिकवालाले सर्वाधिक ५१ रन बनाए । दिमुथ करुणारत्नेले २१ तथा कुशल मेन्डिसले २० रन बनाएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest