हङकङका इरफान र नादिम आजीवन प्रतिबन्धमा

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले हङकङका दुई जना खेलाडीलाई प्रतिबन्ध लगाएको छ । हङकङका इरफान अहमेद र नादिम अहमेदलाई क्रिकेट सम्बन्धी सबै क्रियाकलापबाट आइसीसीले आजीवन प्रतिबन्ध गरेको हो ।

आइसीसीको एन्टी करप्सन समितीले दुबै खेलाडी म्याच फिक्सिङ गर्न खोजेका आरोपमा प्रतिबन्धमा परेका हुन । आइसीसीले जनाए अनुसार दुबै खेलाडीले अन्तराष्ट्रिय खेलमा फिक्सिङ गर्न खोजेको बताएको छ ।

यसका साथै अर्का खेलाडी हसिब अम्जदलाई पनि पाँच बर्षको प्रतिबन्ध लगाएको छ । पछिल्लो दुई बर्षमा यी खेलाडीले बारम्बार फिक्सिङ गर्न खोजेको आइसीसीको आरोप छ ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest