अभ्यास खेलमा नेपालद्वारा एसएससीसामु २४१ रनकाे लक्ष्य

यू–१९ एसिया कप खेल्ने श्रीलंका गएको नेपाली क्रिकेट टिमले आज त्यहाँको क्लबसँग अभ्यास खेल खेलिरहेको छ ।

बर्षाका कारण ४२ ओभरको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले श्रीलंकाको सिन्हाल्सी स्पोर्टस क्लब एसएसीलाई २४१ रनको लक्ष्य दिएको छ । विकेटकिपर व्याट्सम्यान आशिफ शेखले उत्कृष्ट पारि खेलेपछि नेपालले ठूलो स्कोर बनाउन सफल भएको हो । नेपालले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २४० रन बनाएको हो ।

झारिएको खेलमा नेपालले टस हारेर ब्याटिङ थाल्दै ७ विकेटको क्षतिमा २ सय ४० रन बनायो । नेपालका शेखले सर्वाधिक ८८ रन बनाए । पहिलो विकेटका लागि रित गौतम र पवन शर्राफले १३ ओभरमा ५८ रनको साझेदारी गर्दै नेपाललाई मध्यम सुरुआत दिलाएका थिए ।

सरार्फ ३० रन बनएर पहिलो विकेटरुपमा आउट भएका थिए । यसैगरी गौतम ३१ रन बनाएर पेभेलियन फर्किए । यस्तै सन्दीप जोराले आशिफलाई दरिलो साथ दिएका थिए । मध्यक्रममा कप्तान रोहितकुमार पौडेल ८ थता लोकेश बम १ रनमा आउट भएपछि नेपाली पारि केहीबेर धरमराउन पुगेको थियो । जोराले ३३ रन योगदान गरे ।

यस्तै कुशल मल्ल १० रन बनाएर आउट हुँदा अन्तिममा हरिबहादुर चौहान र भीम सार्की क्रमश १८ र २५ रनमा नटआउट रहे । एसिया कप यु १९ सेप्टेम्बर ५ तारिखदेखि शुरुहुँदै छ । जसमा पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकासँग खेल्दै छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest