दिल्लीले फिराेजशाह काेट्लाकाे नाम परिवर्तन गर्ने

भारतको दिल्ली स्थित फिरोजशाह कोट्ला क्रिकेट मैदानको नाम परिवर्तन गरिने भएको छ । दिल्ली जिल्ला क्रिकेट संघले गरेको पछिल्लो निर्णय अनुसार अब फिरोजशाह कोट्ला मैदानको नाम अरुण जेट्ली स्टेडियम हुने भएको छ ।

दिल्ली क्रिकेट संघ पूर्व अध्यक्ष तथा पूर्व अर्थ मन्त्री जेट्लीको गत साता निधन भएको थियो । उनको स्मृतीलाई कायम राख्न दिल्ली क्रिकेट संघले फिरोजशाह मैदानलाई अरुण जेट्ली स्टेडियम राख्ने निर्णय गरेको हो । भारतीय क्रिकेट बोर्डका पूर्व उपाध्यक्ष समेत रहेका जेट्लीले लामो समय दिल्ली क्रिकेट संघको अध्यक्ष भएर काम गरेका थिए ।

सो स्टेडियमको नामाकरण १२ सेप्टेम्बरमा विशेष समारोहका विच गरिनेछ । यसका साथै सो मैदानमा एउटा स्ट्याण्ड हाल भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको नाममा पनि राखिने भएको छ ।

यो निर्णयमा पूर्व खेलाडी तथा भाजपाका सांसद गौतम गम्भिरले राजी जनाउँदै यमुना स्पोर्टस क्लवको नाम पनि जट्लीको नामबाट राख्नुपर्ने पत्र उपराज्यपाललाई लेखेका थिए ।

यसका साथै यो स्टेडियममा अब सुविधा पनि बढाइने भएको छ । खेलाडीको ड्रेसिङ रुम लगायतका अरु भागहरु विश्व स्तरिय बनाउन लागिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest