चाेट लाग्दा पहिलाे सिन ह्युजकाे घटना थियाे- स्मिथ

एसेस टेष्ट सिरीज अन्तर्गत इंग्ल्याण्ड विरुद्धको दोस्रो टेष्टमा अष्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथ मैदानमा नै ढल्न पुगे । जोफ्रा आर्चरको तिब्र गतिको बल उनको घाँटीमा लागेपछि उनको मनमा पहिलो कुरा के आयो होला, त्यो अहिलेसम्म बाहिर आएको छैन । चोटका कारण उनले दोस्रो टेष्टको बाँकि खेल र तेस्रो टेष्ट नखेलेका स्मिथले चोट लागेपछिको पहिलो सोचाई सार्वजनिक गरेका छन ।

क्रिकेट सम्बन्धी वेबसाईट क्रिकइन्फोले जनाएअनुसार स्मिथलाई चोट लागेपछि दिमागमा पहिलो सोचाई फिलिप ह्युजको घटना आएको थियो । २०१४ मा सेफिल्ड सिल्ड खेल्दा फिलिजको पनि बलले लागेर उपचारका क्रममा ज्यान गएको थियो । उनको टाउकोमा लागेको चोट र स्मिथको चोट उस्तै उस्तै किसिमको थियो । हेलमेटको पछाडी भागमा बललागेपछि स्मिथले चोट बोकेका थिए ।

स्मिथले बललागेपछि दिमागमा फिलिपको घटनालाई सम्झिएको बताए । उनले बलले लागेपछि कहाँ चोट लग्यो, कुन किसिमले लाग्यो, र पुरानो घटना आफै दिमागमा आएको बताए । तर तुरुन्त आफुलाई होसमा ल्याउदै ओके म ठिक छु सोचेपनि केहि कठिन भइरहेको महसुस गरे । तर विस्तारै आफ्नो खुट्टामा उभिन सफल भए ।

त्यो घटनापछि आफुलाई डक्टरले कस्तो महसुस भइरहेको छ भनेर सोध्दा, उनले अघिल्लो राती ६ वटा वियर खाएर अर्के दुनियामा पुगेको जस्तो लागेको बताए । जुन भोगाई उनलाई दुई तीन दिनसम्म पनि चलेको थियो । तर विस्तारै उनी ठिक भएको र नेटमा अभ्यासमा फर्किएका छन । फेरी मैदानमा उत्रन आत्मविश्वास बढाइरहेका स्मिथ चौथो टेष्टका लागि तयारीमा छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest