श्रीलंकन बलर अजन्थाकाे सन्यास

श्रीलंकाका स्पिनर अजन्था मेन्डिसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

पछिल्लो केहि वर्षयता श्रीलंकन टोली बाहिर रहदै आएका मन्डिसले  अन्तिमपटक श्रीलंकाबाट सन् २०१५ मा खेलेका थिए ।

मेन्डिसले श्रीलंकाबाट १४५ खेलमा २८८ विकेट लिएका छन् । उनले १९ टेष्टमा ७०, ८७ एकदिवसीयमा १५२ र ३९ टी-ट्वान्टीमा ६६ विकेट लिएका छन् ।

पछिल्लो समय मेन्डिसले घरेलु लिग खेल्दै आएका थिए । उनले पछिल्लो सिजन पुलिस स्पोर्ट्स क्लबबाट श्रीलंकाको प्रिमियर लिग खेलेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest