अमित र किशाेर सिंगापुर जाँदै

नेपाली क्रिकेटर अमीत श्रेष्ठ र किशोर महतो सिंगापुरमा हुने क्रिकेट प्रतियोगिता खेल्न जाने भएका छन । सिंगापुुर क्रिकेट संघले आयोजना गर्न लागेको खेलाडी एक्सजेन्ज कार्यक्रममा सहभागि हुन अमीत र किशोर सिंगापुर जान लागेका हुन ।

नेपाल क्रिकेट संघ अस्तित्वमा नभएपनि खेलाडीको पहलमा सिंगापुर क्रिकेट संघसँगको सहकार्यमा अमीत र किशोरले सिंगापुरमा खेल्ने मौका पाएका छन । जहाँ उनले प्रशिक्षणका साथै केहि खेल पनि खेल्नेछन ।

३० अगष्ट देखि सेप्टेम्बर नौ तारिखसम्म हुने कार्यक्रममा दुबै खेलाडीले मलेसिया वा सिंगापुरको टिममा समावेश भएर खेल खेल्नेछन । यो एक्सजेन्ज कार्यक्रममा नेपालका दुई खेलाडी, मलेसिया र सिंगापुरका खेलाडीको सहभागिता रहनेछ ।

दुबै खेलाडी आज राती मलेसियन इयरलाइन्सबाट मलेसिया प्रस्थान गर्नेछन । दुबै खेलाडीको सम्पुर्ण खर्च एससीएले ब्यहोर्ने भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest