नेपाली यू-१९ टिमकाे अन्तिम अभ्यास खेल आज

एसीसी एसिया कपको तयारीका लागि हाल श्रीलंकामा रहेको नेपाली यू १९ टिमले आफ्नो अन्तिम अभ्यास खेलमा आज चिल मरियन्ससँग खेल्नेछ ।

कोलम्बोमा हुने खेल नेपाली समय अनुसार विहान सवा दश बजेबाट सुरु हुनेछ । यसअघि नेपालले खेलका दुई खेलमा एकमा हार र एकमा जित निकालेको छ । पहिलो खेलमा नेपाली युवा टिमले एसएससीसँग तीन विकेटको हार ब्यहोरेको थियो भने दोस्रो खेलमा नेपालले बादुरेलियालाई ८० रनले पाखा लगाएको थियो ।

पहिलो खेल खेलेको टिम भन्दा निकै कमजोर टिम विरुद्ध मैदानमा उत्रिएको नेपाली युवा टिमले राम्रो प्रतिस्पर्धा पाउन सकेन । आज उसले अर्को स्थानीय क्लव चिल मरियन्ससँग खेल्दैछ । यो टुरपछि नेपालले एसिया कपमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको पहिलो खेलमा भने नेपालले आयोजक श्रीलंकासँग खेल्नेछ । समूह ‘बी’ मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ ।

यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ । अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest