नेपाल अन्तिम अभ्यास खेलमा पराजित

एसीसी यू–१९ एसीया कपको तयारीका लागि श्रीलंकामा रहेको नेपाली युवा टिमले चिल मरिन्स क्रिकेट क्लवसँग ८९ रनले पराजित भएको छ । घरेलु टिमले दिएको लक्ष्य पछ्याएको नेपाल ४० ओभर तीन बलमा अलआउट हुँदा १३५ रनमा समेटियो ।

नेपालका लागि आशिफ शेखले सर्वाधिक ४५ रन जोडे भने अन्यको प्रदर्शन सन्तोषजनक रहेन । भीम शार्कीले २६, रित गौतमले २५ रन बनाए । यस्तै पवन सर्राफले १२, हरि चौहानले चार, रोहित कुमार पौडेलले ४ रन बनाए । सन्दिप जोरा र राशिद खानले खाता पनि खोल्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चिल मरिन्सले ५० ओभरमा ८ विकेट गुमाउँदै दुई सय २४ रन बनाएको थियो । मध्यम सुरुवात गरेको उसले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेको थियो । उसका धनुस २६ रनमा आउट भए । त्यसपछि दोस्रो विकेटका लागि उसले ४४ रनको साझेदारी गर्न सफल भयो ।

बलिङमा नेपालका लागि पवन सराफ र शुर्य तामाङ र रासिद खानले दुई दुई विकेट लिए भने सागर ढकाल र कमलसिंह ऐरीले एक एक विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest