प्रदेश २ काे निर्वाचनबाट हिरा भगत अध्यक्षमा चयन

नेपाल क्रिकेट संघको नयाँ नेतृत्वका लागि प्रदेस २ को निर्वाचन सम्पन्न भएको छ । जसमा धनुषाका हिरा भगतको अध्यक्षतामा १३ सदस्यिय कार्य समिती चयन भएको छ ।

प्रदेश दुईको नयाँ कार्यसमितीको उपाध्यक्षमा सुनीलकुमार महासेठ, सचिवमा सप्तरीका आयुश श्रेष्ठ, कोषध्यक्षमा रौतहटका पवनकुमार गुप्ता निर्वाचित भएका छन ।

यस्तै सदस्यमा सप्तरीका सतिसकुमार सिंह, पर्साका हरीशंकर प्रसाद शा, सिराहाका अनिलकुमार शर्मा, महोत्तरीका सुनील कुमार शा, सर्लाहीका निरज कार्की, धनुषाका आकाश पाण्डे, महोत्तरीका रोशन कुमार सिंह र पर्साका मुर्तुजा हवारी रहेका छन ।

प्रदेश २ को निर्वाचन सम्पन्न भएसँगै अब क्यानको प्रदेश ३ को निर्वाचन बाँकि रहेको छ । त्यसपनि स्वतन्त्र समितीले केन्द्रको निर्वाचनको मिती तय गर्नेछ । स्वतन्त्र समितीले दशै अगाडी नै केन्द्रिय निर्वाचन गर्ने बताइसकेका छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest