क्लिजर बने टी-ट्वान्टी क्रिकेटमा सर्वाधिक शतक बनाउने दोस्रो खेलाडी

अष्ट्रेलिया क्रिकेटर माइकल क्लिजर टी-ट्वान्टी क्रिकेटमा सर्वाधिक शतक बनाउने दोस्रो खेलाडी बनेका छन् ।

इंग्ल्याण्डको लण्डनमा जारी टी-ट्वान्टी ब्लास्टमा शतक बनाउँदै क्लिजर टी-ट्वान्टीमा सर्वाधिक शतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका हुन् ।

३९ वर्षे ब्याट्सम्यान क्लिजरले ग्लूसेस्टरशायरबाट खेल्दै केन्टविरुद्ध ६५ बलमा अविजित रहदै १ सय २ रनको शतकीय इनिङ्स खेलेका थिए ।

टी-ट्वान्टीमा क्लिजरको यो आठौँ शतक हो । टी-ट्वान्टीमा सर्वाधिक शतकको कीर्तिमान वेष्ट इण्डिजका क्रिस गेलको नाममा रहेको छ । गेलले टी-ट्वान्टीमा २१ शतक प्रहार गरेका छन् ।

टी-ट्वान्टीमा सर्वाधिक शतक प्रहार गर्नेमा क्लिजरपछि आरोन फिन्च, ल्यूक राइट, बेण्डन म्याकलम रहेका छन् । यी खेलाडीले समान ६/६ शतक प्रहार गरेका छन् ।

क्लिजरले अष्ट्रेलियाबाट ३ टी-ट्वान्टी खेलेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest