सन्दिपले पीपीएल नखेल्ने

नेपाली लेग स्पिनर सन्दिप लामिछाने वेष्ट इन्डिजमा हुने क्यारेवियन प्रिमियर लिगका लागि सोमबार अष्ट्रेलियाबाट प्रतियोगिताका लािग जानेछन । यसैको तयारीका लागि दुई साता अगाडी नै अष्ट्रेलिया पुगेका सन्दिप लगातार दोस्रो सिजन सीपीएलका लागि उड्नेछन । सीपीएलमा सन्दिप र्बाबाडोसबाट खेल्नेछन । उनलाई टिमले ७० हजार डलरमा अनुबन्ध गरेको थियो ।

यसैबिच युवा लेग स्पिनर सन्दिपले पोखरामा हुने पोखरा प्रिमियर लिग नखेल्ने भएका छन । दशै र तिहारको विचमा आयोजना गर्ने तयारीमा रहेका पोखरा प्रिमियर लिगमा यसपटक सहभागिता नजनाउने भएका हुन । पोखरा प्रिमियर लिगको एकिन मिती तय नभएपनि अघिल्लो संस्करणको मितीको हाराहारीमा नै प्रतियोगिता गर्ने तयारीमा आयोजक रहेका छन ।

तर यसपटक सन्दिपले पीपीएल नखेल्ने, सोहि समयमा युएईमा टी १० क्रिकेट लिग र त्यसपछि अफगानिस्तान प्रिमियर लिगमा ब्यस्त हुने भएकाले पीपीएल नखेल्ने भएका हुन । अघिल्लो संस्करणमा विराटनगर टाइट्न्सको कप्तान रहेका सन्दिपको टिम लिग चरणबाट नै बाहिरीएको थियो । सो प्रतियोगितामा उनले ब्यक्तिगत रुपमा भने राम्रो गरेका थिए । टी-१० क्रिकेट लिग नाेभेम्बर मध्यबाट गर्ने तयारी छ । त्यसपछि डिसेम्बर एक देखि १० सम्म साग हुनेछ भने डिसेम्बर १९ बाट उनी बिग ब्यास लिगमा छनाेट भएमा सहभागि हुनेछन ।

तर यसपटक विदेशी लिगमा ब्यस्त हुने भएकाले पोखरा प्रिमियर लिग नखेल्ने भएपछि विराटनगरले नयाँ मार्की खेलाडी तथा कप्तान खोज्नुपर्ने भएको छ ।

सन्दिपले क्यारेवियन प्रिमियर लिगपछि ओमान विरुद्धको सिरीज खेल्नेछन त्यसपछि उनी टी १० का लागि जानेछन । त्यो प्रतियोगिता सकिएपछि उनी अफगानिस्तान प्रिमियर लिगमा सहभागि हुने योजना रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest