धाेनीकाे रेकर्ड ताेड्न सफल भए रिषभ पन्त

भारतीय क्रिकेट टीमका विकेटकीपर रिषभ पन्तले टेस्ट म्याचमा पूर्व भारतीय टेस्ट विकेटकीपर महेन्द्र सिंह धोनीलाई पछि पारेका छन् ।

उनले भारतीय टिमबाट विकेट किपिङ गर्दै ११औं टेस्टमा ५० विकेट (किपिङ्) बाट हात पारेका छन्, जुन अहिलेसम्मकै धेरै हो । धोनी ले उक्त उपलब्धि १५ टेस्ट मा हासिल गरेका थिए।

टेस्ट क्रिकेटमा सबै भन्दा छिटो ५० विकेट (किपिङ्) हात पार्ने विकेट कीपरमा दक्षिण अफ्रीकाका मार्क बाउचर, इंग्लैंडका जॉनी बेयरस्टो र ऑस्ट्रेलियाई कप्तान टिम पेन अगाडी छन ।

यी तीन जना ले १० खेल यो उपलब्धि हासिल गरेका हुन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest