भारतले वेष्ट इन्डिज विरुद्ध टेष्ट सिरीज जित्दा काेहलीकाे रेकर्ड

आइसीसी टेष्ट च्याम्पियनसिप अन्तर्गत वेष्ट इन्डिज विरुद्धको सिरीज भारतले जितेको छ । गएराति सम्पन्न दोस्रो टेष्टमा भारतले वेष्ट इन्डिजलाई दुई सय ५७ रनले हरायो ।

जमैका स्थित सविना पार्क मैदानमा भएको खेलमा भारतले पहिलो पारीमा हनुमान विहारीको सतकको मद्दतले चार सय १६ रन बनाएको थियो । हनुमानले एक सय ११ रन बनाएका थिए । यस्तै कप्तान विराट कोहलीले ७६ तथा इसान्त शर्माले ५७ रन जोडे । बलिङमा वेष्ट इन्डिजका जेसोन होल्डरले पाँच विकेट लिएका थिए ।

जवाफमा वेष्ट इन्डिज पहिलो पारीमा मात्र एक सय १७ रनमा अलआउट भयो । उसका कुनैपनि खेलाडीले अर्धसतक बनाउन सकेनन् । उसलाई कमजोर पार्न जसप्रित बुम्राहले ६ विकेट लिएका थिए ।

जवाफमा भारतले दोस्रो पारीमा थप एक सय ६८ रन बनाउँदै पारीको घोषणा गरेको थियो भने वेष्ट इन्डिजलाई चार सय ६८ रनको लक्ष्य दिएको थियो । जसमा अजिन्क्या राहाणेले ६४ तथा हनुमान विहारीले ५३ रन बनाए ।

चार सय ६८ रनको लक्ष्य पक्ष्याएको वेष्ट इन्डिज दोस्रो पारीमा दुई सय १० रनमा अलआउट भयो । उसका लागि ब्रोक्सले ५० रन बनाउँद उरु खेलाडीले खासै राम्रो खेल्न सकेनन् । दोस्रो पारीमा उसलाई कमजोर बनाउन मोहम्मद सामी र रविन्द्र जडेजाले तीन तथा तथा इसान्त शर्माले दुई विकेट लिए ।

कप्तानका रुपमा विराट कोहलीले २८ औं खेलमा जित निकाल्न सफल भए । योसँगै उनी टेष्ट क्रिकेटमा भारतका सर्वाधिक सफल कप्तान बनेका छन । यसअघि महेन्द्रसिंह धोनीको २७ टेष्टको रेकर्डलाई पछि पारेका छन । दुई टेष्टको सिरीज क्लिनस्विप गरेपछि भारतले टेष्ट च्याम्पियनसिपको अंक तालिकामा एक सय २० अंक बटुलेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest