टी-ट्वान्टी वरियतामा नेपाल  ११ औं स्थानमा यथावत

अन्तराष्ट्रिय क्रिकेट परिषदको नयाँ टी-ट्वान्टी वरियतामा नेपाल  ११ औं स्थानमा यथावत रहेको छ ।

नयाँ वरियता अनुसार नेपालले १४ खेलबाट २०१ रेटीङ अंक पाएको छ । नेपालले गत महिना मलेसियासँगको दुई खेलको टी-ट्वान्टी  र सिंगापुरमा सम्पन्न आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेपछि अन्य खेल खेलेको छैन । याे बिचमा नेपाली टिमले रेष्ट गरेकाे थियाे ।

अब नेपालले अक्टाेबरमा ४ वटा टी२० खेल खेल्दैछ । अाेमानमा हुने सिरीजमा नेपालसँगै अायरल्याण्ड, नेदरल्याण्ड, हङकङ रहेका छन । साे सिरीजमा गरेकाे प्रदर्शनले नेपालकाे बरियतामा फरक पर्नेछ ।

एसोसियट राष्ट्रमा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपाल भन्दा तल यसअघि झै दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् ।

टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रीका रहेका छन्  ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest