प्रशिक्षकका रूपमा सफल बनेका पुबुदु दशानायके पुन: नेपाल आउने

एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलका लागि भैरहवा ग्लाडियटरले नेपाली राष्ट्रिय टिम सम्हालिसकेका पूर्व प्रशिक्षक पुबुदु दशानायकेलाई प्रशिक्षकको रुपमा ल्याएको छ ।

पुबुदुले भैरहवासँग २०२० सम्मका लागि सम्झौता गरेको जनाइएको छ । उनले २०१३ मा नेपाली टिम सम्हालेका थिए । डिभिजन ३ मा हुँदा नेपाली टिम सम्हालेका पुबुदुलाई अहिले नेपाली टिमले एक दिवसीय वरियता पाउँदा पनि त्यसको श्रेय जाने गरेको छ ।

उनको प्रशिक्षणमा नेपालले डिभिजन थ्री जितेको थियो भने बंगलादेशमा भएको टी २० विश्वकप पनि खेल्न योग्य बनाएका थिए । नेपालसँग आफ्नो नाता नजिकको रहेको बताउने पुबुदुले अहिले पाएको जिम्मेवारी पुरा गर्न आफू तयार रहेको बताएका छन् ।

यस्तै भैरहवाका मालिक आदित्य संघाईले पुबुदुलाई फेरि नेपाल ल्याउनु आफूका लागि ठूलो सफलता भएको भन्दै यसले नेपाली क्रिकेटमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे ।

टिम कप्तान शरद भेषावकरले पुबुदुबाट आफूहरुले विगतमा धेरै कुराहरु सिकेको र अझै पनि सिक्न आतुर रहेको उल्लेख गरे । लगातार २ सिजन उप विजेतामा सिमित भएको भैरहवा ग्लाडियटरले यस पटक उपाधि जित्ने लक्ष्य लिएको पनि बताए ।

नेपाललाई आफ्नो दोस्रो घर बताउने दशानायकेले नयाँ भूमिकामा आफू उत्साहित भएको बताएका छन्।

उनले भनेका छन्, “नेपाल सधैँ मेरो मुटु नजिक छ। म जुनसुकै भूमिकामा पनि नेपाली क्रिकेटमा सहयोग गर्न चाहन्छु।”

इपीएलको सन् २०१७ र सन् २०१८ को संस्करणमा फाइनल पुगेर पनि पराजित भएको भैरहवाले दशानायकेलाई छोटो अवधि नभई लामो अवधिका लागि हेर्ने जिम्मा दिन खोजिएको छ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest