आईसीसी टेस्ट च्याम्पियसिपमा भारत शीर्ष स्थानमा

यसै वर्षदेखि शुरु भएको आईसीसी टेस्ट च्याम्पियनसिपमा भारत शीर्ष स्थानमा उक्लिएको छ । २०२१ मा इंग्ल्याण्डमा आयोजना हुने फाइनल अघि ९ वटा देशले विभिन्न ठाउँमा टेस्ट सिरिज खेल्ने छन् । एक सिरिज बराबर १२० अंक रहेको छ । एउटा सिरिजलाई टेस्ट खेल अनुसार अंक प्रदान गरिन्छ ।

जस अनुसार भारतले पहिलो टेस्ट सिरिज वेस्टइण्डिजमा खेलको हो । वेस्टइण्डिण्जविरुद्ध दुवै टेस्ट जितेको भारतले १२० अंक जोडेको छ । अंक तालिकाको दोस्रो स्थानमा न्यूजिल्याण्ड रहेको छ । उसको ६० अंक रहेकोछ । तेस्रो स्थानमा रहेको श्रीलंकाले पनि ६० अंक नै जोडेको छ । सिरिज न्यूजिल्याण्डविरुद्धको सिरिज ‘ड्र’ गरेकाले दुवै टिमले ६०–६० अंक पाएका हुन् ।

यसैगरी टेस्ट च्याम्पियनिसिप अन्तर्गत एसेज शृखंला खेलिरहेका अस्ट्रेलिया र इंग्ल्याण्ड तालिकाको चौथो र पाचौं स्थानमा छन् । दुवैले सिरिजमा एक एक खेल जितेकाले ३२–३२ अंक बनाएका छन् । यस्तै टेस्ट च्याम्पियसिपका लागि पहिलो सिरिज खेलेको वेस्टइण्डिजले तालिकामा अंक जोड्न सकेको छैन् । उसले २ टेस्ट भारतसँग गुमाएकाले तालिकामा अंक जोड्न असफल भएको हो ।

उता दक्षिण अफ्रिका, बंगलादेश र पाकिस्तानले भने सिरिजमा एउटा पनि खेल खेलेका छैनन् । आईसीसीमा टेस्ट खेल्ने १२ देश भएपछि यो च्याम्पियनसिपमा ९ टिमले मात्रै सहभागिता जनाएका छन् । जसमा आएरल्याण्ड र अफगानिस्तानले प्रतिस्पर्धा गरेका छैनन् भने प्रतिस्पर्धा गर्ने तयारीमा रहेको जिम्बाब्वे भने आईसीसीको प्रतिबन्धमा परेपछि खेल्न पाएन ।

टेस्ट च्याम्पियनसिपका लागि सबै ९ टिमले ६–६ टेस्ट सिरिज खेल्ने छन् । जसमा तीन घरेलु मैदान र तीन विदेशी मैदानमा खेल्नु पर्ने छ । एक सिरिजमा कम्तिमा २ वटा टेस्ट हुने छन् भने सर्वाधिक ५ वटा सम्म रहने आईसीसीले जनाइसकेको छ । लीग राउण्ड सकिए पछि शीर्ष २ टिमले उपाधिका लागि इंग्ल्याण्डको लर्डसमा प्रतिस्पर्धा गर्ने छन् । टेस्ट च्याम्पियनसिपका लागि १२० अंकलाई २ टिमका बीचमा भाग लगाइने छ ।

कम्तिमा २ टेस्टको सिरिज भए एउटा टेस्ट जितेमा ६० अंक आउने छ । फाइनल टेस्ट ड्र या टाई भएमा लिग चरणको अंकको आधारमा विजेता घोषणा गरिने छ । जसले गर्दा समूह चरणमा शीर्ष स्थानमा रहने टिमलले उपाधि जित्न कमसेकम ड्र या टाई मात्रै गरेमा पुग्ने छ भने दोस्रो स्थानमा रहने टिमले कुनै पनि हालतमा खेल जित्नु पर्ने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest