मिस्बा पाकिस्तानकाे प्रशिक्षक, वकार बलिङ प्रशिक्षक

पाकिस्तान क्रिकेट टिमको पूर्व कप्तान मिस्वा उल हक पाकिस्तान क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएको छन । यसका साथै उनी टिमको छनोट समितीमा पनि परेका छन ।

पाकिस्तानका टेष्ट क्रिकेटका सर्वाधिक सफल कप्तान मिस्वाको साथ उनका पूर्व प्रशिक्षक वकार यूनीसले दिने भएका छन । वकार पाकिस्तानको बलिङ प्रशिक्षकमा नियुक्त भएका छन । मिस्वा कप्तान हुँदा वकार दुई पटक पाकिस्तानको कप्तान बनेका थिए ।

यी दुईको जोडीले पाकिस्तान क्रिकेटलाई राम्रो सफलता दिलाएका थिए । पाकिस्तान क्रिकेट बोर्डले प्रशिक्षकका लागि खुल्ला गरेको आवेदनमा मिस्वा पहिलो रोजाईमा परेका थिए । उनले मौखीक रुपमा बोलेपनि लिखित रुपमा आवेदन भर्न अन्तिम समय लगाएका थिए ।

यसको मुख्य कारण उनी सम्मिलित रहेको अर्को भूमीका पीएसएल टिम इस्लामाबाद युनाइटेडको प्रशिक्षक सम्हाल्नु पनि थियो । त्यसैले उनले आवदेनको केहि घण्टा अगाडी प्रशिक्षक पदमा आफ्नो दावेदारीता दिएर अन्र्तवार्ता दिएका थिए । जसमा उनले मोसिन खान र डीन जोन्सलाई पछि पारेका थिए ।

यता वकार युनीसका प्रतिद्धन्द्धीका रुपमा रहेका मोहम्मद अक्रमले अन्तिम समयमा नाम फिर्ता लिएपछि उनी सोझै बलिङ प्रशिक्षकमा नियुक्त भएका हुन । पाकिस्तान टिमका लागि उनी पाँचौ पटक प्रशिक्षकका रुपमा कुनै कुनै भूमीकामा आवद्ध भएका छन । जसमा उनी २००६ देखि सातसम्म बलिङ प्रशिक्षक, २००९ देखि १० सम्म फिल्डिङ प्रशिक्षक, २०१० देखि ११ सम्म मुख्य प्रशिक्षक र फेरी २०१४ देखि २०१६ सम्म मुख्य प्रशिक्षक बनेका थिए ।

मिस्वा प्रदेशबाट खेलाडी छनोट गर्ने समितीमा पनि रहेका छन । जसका कारण उनी यतिबेला पाकिस्तान क्रिकेट टिमको पावरफुल ब्यक्तिका रुपमा हेरिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest