अफगानिस्तानद्वारा पाकिस्तान सामु १६३ रनकाे लक्ष्य

एसीसी यू–१९ एसिया कपको पहिलो दिनको खेलमा अफगानिस्तानले पाकिस्तानलाई एक सय ६३ रनको लक्ष्य दिएको छ ।

श्रीलंकाको कोलम्बो स्थित पीएसएस मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४६ ओभरमा झारीएको खेलमा नौ विकेट गुमाएर एक सय ६२ रन बनायो ।

मध्यम सुरुवात गरेको अफगानिस्तानका मिडिलअडरका खेलाडी विच राम्रो साझेदारी हुन सकेन । पहिलो विकेटका लागि उसले ४७ रनको साझेदारी गरेको थियो । तर त्यसपछि उसले ९५ रन बनाउँदा पाँच विकेट खेर फाल्यो । उसका कप्तान फरहान जाखीलले १९ रन बनाए भने सदिकुल्लाह अतलले २९ तथा रहमनुल्लाहले २७ रनको योगदान गरे ।

तर त्यसपछि असिफ मुसाजे सात तथा खरोटे तीन रनमा आउट भएपछि उसले एक सय १९ रनमा सात विकेट गुमायो । त्यसपछि पनि उसको विकेट झर्ने क्रम रोकिएन । सफिकुउल्लाह घफारीले १३ रन बनाए भने मोहम्मद अस्फाक १२ रनमा पेभेलियन फर्किए । यस्तै अबीदुल्लाह तनीवालले सात तथा फजल हाकीले खाता खोल्न सकेनन् ।
बलिङमा पाकिस्तानका अमिर अली र फहाद मुनीरले तीन तीन विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest