पाकिस्तानमाथि अफगानिस्तानकाे सानदार जित

एसीसी यू–१९ एसिया कपको पहिलो दिनको खेलमा साविक विजेता अफगानिस्तानले पाकिस्तानलाई ८४ रनले हराएको छ । पाकिस्तानमाथि सानदार जित निकाल्ने क्रममा अफगानिस्तानका बलर पुरै हावी भए ।

श्रीलंकाको कोलम्बो स्थित पीएसएस मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४६ ओभरमा झारीएको खेलमा नौ विकेट गुमाएर एक सय ६२ रन बनायो ।

मध्यम सुरुवात गरेको अफगानिस्तानका मिडिलअडरका खेलाडी विच राम्रो साझेदारी हुन सकेन । पहिलो विकेटका लागि  उसले ४७ रनको साझेदारी गरेको थियो । तर त्यसपछि उसले ९५ रन बनाउँदा पाँच विकेट खेर फाल्यो । उसका कप्तान फरहान जाखीलले १९ रन बनाए भने सदिकुल्लाह अतलले २९ तथा रहमनुल्लाहले २७ रनको योगदान गरे ।

तर त्यसपछि असिफ मुसाजे सात तथा खरोटे तीन रनमा आउट भएपछि उसले एक सय १९ रनमा सात विकेट गुमायो । त्यसपछि पनि उसको विकेट झर्ने क्रम रोकिएन । सफिकुउल्लाह घफारीले १३ रन बनाए भने मोहम्मद अस्फाक १२ रनमा पेभेलियन फर्किए । यस्तै अबीदुल्लाह तनीवालले सात तथा फजल हाकीले खाता खोल्न सकेनन् ।

बलिङमा पाकिस्तानका अमिर अली र फहाद मुनीरले तीन तीन विकेट लिए ।

जवाफमा पाकिस्तान १९ ओभर चार बलमा ७८ रनमा अलआउट भयो । पाकिस्तानी बलरसामु निकै निरीह देखिएको पाकिस्तानका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा उसका कप्तान रोहिल नाजिरले १६ तथा इरफान खानले १९ रन बनाए । अरु खलाडी एकपछि अर्को रुपमा आउट भए ।

पाकिस्तानलाई कम स्कोरमा रोक्न अफगानिस्तानका फजल हक, अबिदुल्लाह तनीवाल, नोर अहमदले दुई दुई विकेट लिए ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest