रहमातले बनाए टेष्ट क्रिकेटमा सतक बनाउने कीर्तिमान

अफगानिस्तानका ब्याट्सम्यान रहमत शाह टेष्ट क्रिकेटमा शतक बनाउने पहिलो अफगानी खेलाडीको कीर्तिमान बनाएका छन् ।

घरेलु टिम बंगलादेशविरुद्धको बिहिबार सुरु एक मात्र टेष्ट क्रिकेटमा शतक बनाउँदै रहमतले कीर्तिमान बनाएका हुन् ।

टेष्ट क्रिकेटमा पहिलो शतक बनाउने क्रममा रहमतले पहिलो इनिङ्समा १०२ रन बनाए । रहमतले १८७ बलमा १० चौका र २ छक्का प्रहार गरेका थिए ।

रहमतको शतकसँगै बंगलादेशविरुद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको अफगानिस्तानले ७८ ओभरमा ५ विकेट गुमाएर २१७ रन बनाएर खेलिरहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest