नेपालले भाेली श्रीलंकासँग खेल्दै, नयाँ इतिहास बनाउने अवसर

एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भाेली घरेलु टिम श्रीलंकासँग खेल्नेछ ।

श्रीलंकाको रणसिंघे प्रेमदाशा क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार विहान सवा १० बजेबाट सुरु हुनेछ । नेपाली टिम एसीसी इस्र्टन रिजन च्याम्पियनसिपको च्याम्पियन रुपमा एसिया कपमा स्थान बनाएको हो । नेपाली टिमका प्रशिक्षक विनोद दासले तयारी राम्रो भएको र श्रीलंका विरुद्ध राम्रो खेल्नेमा विश्वस्त रहेको बताए ।

श्रीलंकाबाट कुरा गर्दै उनले श्रीलंका टिममा विश्वकप खेलिसकेका खेलाडी रहेपनि नेपालली टिमले आफ्नो स्तर भन्दा माथि उठेर खेलमा जित्न कठिन नरहेको उनले बताए । यसका साथै उनले रोहित पौडेल र सन्दिप जोराको फर्मले पनि टिमलाई प्रभाव पार्नसक्ने बताए । श्रीलंका बलियो टिम भएपनि आफुहरु तयार रहेको बताए । यस्तै कप्तान रोहित पौडेलले सबै खेलाडीले ब्यक्तिगत रुपमा राम्रो खेलेमा जित्न कठिन नहुने बताए ।

प्रतियोगिताको शुरुवात नै बलियो घरेलु टोलीसँग खेलेर गर्नु पर्ने चुनौतिमा रहेको नेपालले अहिलेसम्म श्रीलंकालाई पराजित गर्न सकेको छैन ।
नेपाली टोलीले पहिलो पटक श्रीलंकासँग सन् २००० मा आईसीसी यु–१९ विश्वकप सुपर लिगको समूह दुई मा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाली टोलीको कप्तान विनोद दासले गरेका थिए । जुन खेलमा नेपाल ९ विकेटले पराजित भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest