भारतले कुवेतलाई ७ विकेटले पराजित

एसिया कपमा सर्वाधिका सफल टिम भारतले श्रीलंकामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटमा कुवेतलाई ७ विकेटले पराजित गरेकाे छ । बर्षाले प्रभावित भएकाे खेलमा भारतले कुवेतमाथि डीएल मेथडमा जित निकालेकाे हाे ।

वर्षाको कारण २३ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले ७ विकेट गुमाएर १ सय १० रन बनाएको थियो । कुवेतका लागि मिट भाबसरले सर्वाधिक २८ तथा गोकुल कुमारले २५ रन बनाएका थिए । भारतका आकाश सिंह र पूर्णक त्यागीले ३ र ३ विकेट लिए ।

कुवेतले दिएको १ सय ११ रनको लक्ष्य भारतले १९ ओभर १ बलमा मात्र ३ विकेट गुमाउँदै पुरा गर्याे । भारतको जितमा अर्जुन आजदले अविजित रहदै ६० रन बनाए ।

जितसँगै समूह ए मा रहेका भारतले २ अंक जोडेको छ । नेपाल सम्मलित समूह बी को खेल भने शुक्रबारबाट सुरु हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest