नेपालले श्रीलंकासँग खेल्दै

एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज घरेलु टिम श्रीलंकासँग खेल्नेछ ।

श्रीलंकाको रणसिंघे प्रेमदाशा क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार विहान सवा १० बजेबाट सुरु हुनेछ । आजकाे खेलमा बर्षाले खेल प्रभावित हुने ठुलाे स‌म्भावना रहेकाे छ । दिउसाे १२ बजेपछि काेलम्बाेमा बर्षाकाे सम्भावना देखाएकाे छ ।

प्रतियोगिताको शुरुवात नै बलियो घरेलु टोलीसँग खेलेर गर्नु पर्ने चुनौतिमा रहेको नेपालले अहिलेसम्म श्रीलंकालाई पराजित गर्न सकेको छैन ।
नेपाली टोलीले पहिलो पटक श्रीलंकासँग सन् २००० मा आईसीसी यु–१९ विश्वकप सुपर लिगको समूह दुई मा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाली टोलीको कप्तान विनोद दासले गरेका थिए । जुन खेलमा नेपाल ९ विकेटले पराजित भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest