श्रीलंका विरुद्द नेपाल टस जितेर ब्याटिङमा

एसीसी यू १९ एसिया कपमा नेपालले अहिले श्रीलंकासँग खेलिरहेको छ । जसमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

आजकाे खेलमा खड्का बाेहाेरा लाेकेश बम प्रतिश जिसी र सन्दिप जाेरा प्लेइङ सेटमा पर्न सकेनन् ।

नेपालको प्लेइङ सेट
आसिफ सेख, कमलसिंह ऐरी, हरी चौहान, सागर ढकाल, कुशल मल्ल, रोहित पौडेल, रासिद खान, रित गौतम, पवन सराफ, भिम शार्की

पहिलो भेट  नेपालले पहिलाे खेल सन् २००० जनवरी २० खेलेको थियो । उक्त खेलमा आईसीसी यु–१९ विश्वकप सुपर लिगको समूह दुई अन्तरगत नेपाल र श्रीलंकाले खेलेका थिए भने खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले मात्रै ८९ रन बनाएपछि श्रीलंकाले १ विकेट गुमाएर १८ ओभर तीन बलमा लक्ष्य पुरा गरेको थियो ।

दाेस्राे भेट नेपालले २००८ फ्रेब्रेअरी १८ मा आईसीसी यु–१९ विश्वकपको समूह चरणमा यी दुई टोलीको भेट भएको थियो भने उक्त खेलपनि नेपालले ६१ रनले गुमाएको थियो ।

तेस्रो भेट सन् २०१२ अगस्ट २० मा आईसीसी यु–१९ विश्वकप क्वाटरफाइनलको प्लेअफ खेलमा भएको थियो । त्यो खेलमा श्रीलंकाले नेपाललाई ८ विकेटले पराजित गरेको थियो ।

चाैथाे भेट  सन् २०१६ मा खेलेको थियो । जसमा जनवरी २५ मा भएको यु–१९ विश्वकपको वार्म अप खेल थियो । उक्त खेलमा नेपाल ६५ रनले पराजित भएकाे थियाे ।

पाँचाै भेट  नेपालले श्रीलंकासँग २०१६ कै डिसेम्बर महिनामा खेलेको थियो । जसमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दा पनि हार व्यहोर्नु परेको थियो । यु–१९ एसिया कपको समूह ए मा रहेको श्रीलंकाले दिएर २ सय २७ रनको लक्ष्य पछ्याएको नेपालले २ सय २६ रनमा अलआउट भएपछि रोमाञ्चक खेलमा नेपाल १ रनले पराजित भएको थियो ।

१ रनले पराजित भएको नेपालका लागि सर्वाधिक ९० रन बनाएका कप्तान दिपेन्द्रसिंह ऐरी १० रनले शतक बनाउनबाट चुकेका थिए । उनले ९९ बलको सामना गर्दै ९ चौका र १ छक्का प्रहार गरेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest