नेपालकाे पहिलाे खेल जिम्बावेसँग

सिंगापुर क्रिकेट संघको आयोजनामा हुन लागेको त्रिकोणात्मक टी–२० सिरीजको पहिलो खेलमा नेपालले जिम्बावेसँग खेल्ने भएको छ ।

सिंगापुर क्रिकेट संघले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले असोज १० गते जिम्बावे विरुद्ध साँझ सवा पाँच बजे खेल्नेछ ।

दोस्रो खेलमा नेपालले सिंगापुर विरुद्ध खेल्नेछ । यस्तै तेस्रो खेलमा नेपालले जिम्बावेसँग असोज १४ गते खेल्नेछ भने असोज १५ मा फेरी सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ ।

सिंगापुर क्रिकेट संघले आफ्नो टिमलाई विश्वकप छनोटको तयारीका रुपमा लिएको छ । जसका कारण उसले विश्वकप छनोटमा नभएका नेपाल र जिम्बावेलाई बोलाएर सिरीज गर्न लागेको हो ।

त्यसपछि नेपाली टिम ओमानमा हुने अर्को टी–२० सिरीजका लागि प्रस्थान गर्नेछ । जसमा नेपाल सहित हङकङ, आयरल्याण्ड, नेदरल्याण्ड, ओमानको सहभागिता रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest