मलिंगाकाे चार बलमा चार विकेट

लासिथ मलिंगाले चार बलमा चार विकेट गरी कुल ५ विकेट लिएपछि श्रील‌का न्युजिल्यान्ड विरुद्दको तेस्रो टि २० खेलमा ३७ रनले विजयी भएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २५ रन बनाएको थियो । उसका लागि ओपनर कुशल मेन्डिसले ३० रन जोडे । त्यस्तै निरोशन डिक्वेला २४,लाहिरु मदुसनका २० र वनिदु हसरान्गाले १४ रनको योगदान दिए । न्युजिल्यान्डका लागि मिचेल सान्टनारले ३ विकेट लिए ।

१ सय २६ रनको सामान्य लक्ष्य पछ्याएको न्युजिल्यान्ड १६ ओभरमा ८८ रनमा समेटियो । उसको पारीलाइ धरासायी बनाउन मालिङ्गाले उत्कृष्ट बलिङ गरे । उनले तेस्रो ओभरको तेस्रो, चौथो, पाँचौ र छैटौं बलमा लगातार ४ विकेट लिन सफल भए । मलिंगाले तेस्रो ओभरको तेस्रो बलमा ओपनर कोलिन मुनरोलाई १२ रनमा आउट गरे । चौथो बलमा हमिश राउटफोर्डलाई खाता खोल्न दिएनन् भने पाँचौमा कोलिन डी ग्राण्डहोमलाई शून्यमा आउट गर्दै ह्याट्रिक पुरा गरे । अन्तिम बलमा मलिंगाले रोश टेलरलाई पनि शून्यमा एलवी डब्लू आउट गर्दै चार बलमा चार विकेट लिए ।

कोलिन मुनरोलाई आउट गरेसँगै टि २० क्रिकेटमा मलिंगा १ सय विकेट लिने पहिलो बलरको समेत बने । मलिंगाले टिम सिफर्टलाई पेभेलियन फर्काएपछि पाँचौ विकेट लिन सफल भए ।

उसका मिचेल सान्टनारले १६ रन, कप्तान टिम साउदीले २८ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest