पाकिस्तानी पूर्व क्रिकेटर अब्दुल कादिरको निधन

पाकिस्तानी क्रिकेट टिमका पूर्व खेलाडी तथा लेग स्पिनर अब्दुल कादिरको ६३ बर्षको उमेरमा निधन भएको छ । उनको मुटुमा समस्या आएपछि उपचारका क्रममा निधन भएको हो ।

विश्व क्रिकेटमा लेग स्पिनका चर्चित खेलाडी कादिर ६४ बर्षको जन्मदिनको नौ दिन अगाडी यो धर्तीबाट विदा भएका हुन । विश्वका चर्चित खेलाडी सेन वार्न, मुस्ताक अहमेद जस्ता खेलाडीको मेन्टर भइसकेका कादिरको लाहोरमा निधन भएको हो ।

खेलाडी जीवनपछि पनि कादिरले पाकिस्तानी क्रिकेट टिमसँग बारम्बार योगदान गरेका थिए । उनले आफ्नै निजी क्रिकेट एकेडेमी पनि खोलेका थिए । उनको मृत्युले पाकिस्तान क्रिकेट निकै आश्चार्यमा परेको छ । उनको क्रिकेट योगदानको कदर गर्दै मृतक कादिरको परिवारलाई संयमित हुन पाक क्रिकेट बोर्डले समबेदना दिएको छ ।

खेलाडी जीवनमा उनले एक सय चार एकदिवसिय र ६७ वटा टेष्ट खेल खेलेका थिए । जसमा उनले एकदिवसियमा एक सय ३२ र टेष्टमा दुई सय ३६ विकेट लिएका थिए । उनले पाकिस्तान टिमको कप्तानी पनि गरेका थिए । तर उनको कप्तानी राम्रो रहेन । उनको कप्तानीमा पाकिस्तानले खेलका पाँच टेष्टमा चारमा पराजित भएको थियो ।

खेलाडी जीवनपछि उनी पाकिस्तानको टिम छनोट समितीको प्रमुख पनि भएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest