अफगानिस्तान यू-१९ काे लगातार दाेस्राे जित

श्रीलंकामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटमा अफगानिस्तानले लगातार दोस्रो जित हात पारेकाे छ । समुह चरणकाे दाेस्राे खेलमा साविक विजेता अफगानिस्तानले कुवेतलाई ७ विकेटले पराजित गर्याे ।

कोलम्बोमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले २७ ओभर ३ बलमा ८५ रनमा बनाउन सक्याे । उसका लागि मिट भाभसरले सर्वाधिक २० रन जोड्दा गोविन्द कुमारले १४ रन बनाए । बाँकि खेलाडी एकपछि अर्काे रूपमा पेभेलियन फर्किए । कुवेतलाई सस्तैमा समेट्न अफगानिस्तानका साफीकउल्लाह गफारीले ३ तथा नुर अहमद र फजलहक फारोकीले २/२ विकेट लिए ।

जवाफमा ८६ रनको सामान्य लक्ष्य अफगानिस्तानले १२ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो  । अफगानिस्तानको जितमा कप्तान फरहान जखिलले अविजित ३८ रन जोड्दा रहमानउल्लाहले २८ रन बनाए ।

जितसँगै समूह ‘ए’ मा रहेका अफगानिस्तानले २ खेलबाट ४ अंक बनाउदै शीर्ष स्थानमा छ । यसका साथै उसले सेमिफाइनलकाे स्थान लगभग पक्का गरेकाे छ । उसले पहिलो खेलमा पाकिस्तानलाई डिएलएस पद्दतिको आधारमा ८५ रनले पराजित गरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest