नेपालले भाेली बंगलादेशसँग खेल्दै

एसीसी यू–१९ एसिया कपमा नेपालले भोली अर्को टेष्ट मान्यता प्राप्त टिम बंगलादेशसँग खेल्दैछ ।

उपाधिको लक्ष्यसहित श्रीलंका पुगेको नेपाली युवा टिम पहिलो खेलमा श्रीलंकासँग पराजित भएपनि बंगलादेश विरुद्ध राम्रो प्रतिस्पर्धा गर्ने लक्ष्यमा रहेको छ । नेपाल पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो । यता बंगलादेशले यूएईलाई ६ विकेटले पराजित गरेको थियो ।

नेपालले बंगालादेशसँग आठ पटक खेलेको छ । १९९८ मा पहिलो पटक खेलको यी दुई टिम अन्तिम पटक बंगलादेशमा नै दुई पक्षिय सिरीज खेलका थिए । यो विचमा नेपालले बंगलादेशलाई दुई पटक हराएको छ । सन् २००२ को विश्वकपको प्लेट च्याम्पियनसिपमा पराजित गरेको थियो भने अन्तिम पटक बंगलादेशलाई दुईपक्षिय सिरीजमा उसकै मैदानमा हराएको थियो ।

दुबै खेलमा बंगलादेशलाई हराउँदा विनोद दास टिममा रहेका थिए । २००२ मा उनी खेलाडीका रुपमा थिए भने पछिल्लो पटक प्रशिक्षकका रुपमा । बंगलादेशमा हराउँदा आसिफ शेखले ९० रन बनाएका थिए । भोलीको खेल प्रेमदाशा क्रिकेट मैदानमा विहान सवा १० बजेबाट सुरु हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest