एसीसी यू–१९ एसिया कपमा भारतले लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा भारतले चिर प्रतिद्धन्द्धी पाकिस्तानलाई ६० रनले हरायो । यो हारले पाकिस्तान प्रतियोगिताबाट बाहिरीएको छ भने अफगानिस्तानले सेमिफाइनलमा स्थान बनाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको भातले ५० ओभरमा नौ विकेट गुमाउँदै तीन सय पाँच रन बनायो । उसका लागि दुई खेलाडीले सतक बनाए । जसमा अर्जुन आजादले एक सय २१ रन बनाए भने तिलक बर्माले एक सय १० रनको योगदान गरे ।
यी दुई खेलाडीको ब्याटिङका कारण भारतले स्कोरबोर्डका बलियो स्कोर बनाएको हो । यी दुईले दोस्रो विकेटका लागि एक सय ९३ रनको साझेदारी गरेका थिए । बलिङमा पाकिस्तानका नासिम शाह र अब्बार अफ्रिदीले तीन तीन विकेट लिए ।
जवाफमा पाकिस्तान ४६ ओभर चार बलमा दुई सय ४५ रनमा अलआउट भयो । उसका लागि कप्तान रोहिल नाजिरले एक सय १७ रन बनाए भने हरिस खानले ४३ रन बनाउदा अरु खेलाडी सस्तैमा पेभेलियन फर्किए । पाकिस्तानको यो हारले चार चार अंक बनाएका अफगानिस्तान र भारत समुह ए बाट सेमिफाइनलमा प्रवेश गरेका छन ।
Discussion about this post