टस हारेर ब्याटिङ गरिरहेकाे नेपालकाे मध्यम सुरूवात

एसीसी यू–१९ एसिया कपमा जित्नैपर्ने दबावमा रहेको नेपाली युवा टिम अहिले बंगलादेश विरुद्ध ब्याटिङ गरिरहेको छ ।

कोलम्बोमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले मध्यम सुरुवात गरेको छ । उसले पहिलो विकेटका रुपमा ४५ रनको साझेदारी गरेको छ । तर ओपनर रित गौतम ३२ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो ।

त्यसपछि क्रिजमा आएका आसिफ शेख मात्र तीन रनमा बाहिरीदा नेपालले ५४ रनमा दोस्रो विकेट खेर फाल्यो । यतिबेला कुशल मल्ल र पवन सराफ नेपालको पारी सम्हालिरहेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest