बंगलादेश विरूद्द नेपालका लागि पवन र सन्दिपकाे अर्धशतक

एसीसी यू–१९ एसिया कपमा जित्नैपर्ने दबावमा रहेको नेपाली युवा टिम अहिले बंगलादेश विरुद्ध ब्याटिङ गरिरहेको छ ।

कोलम्बोमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पहिलो विकेटका रुपमा ४५ रनको साझेदारी गरेको छ । तर ओपनर रित गौतम ३२ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो ।

त्यसपछि क्रिजमा आएका आसिफ शेख मात्र तीन रनमा बाहिरीदा नेपालले ५४ रनमा दोस्रो विकेट खेर फाल्यो । तेस्रो विकेटका लागि पवन सराफ र कुशल मल्ल विच ३९ रनको साझेदारी भएको थियो । तर कुशल २८ रनमा आउट भएपछि नेपालले ९३ रनमा तेस्रो विकेट गुमायो । नेपालका लागि ओपनर पवन सराफले अर्धसतक बनाएका छन ।

त्यसपछि रोहित पौडेल र पवन सराफ विच ६६ रनको साझेदारी भएपछि नेपालले एक सय ५० रन पुरा गर्यो । रोहित १४ रनमा आउट भएपछि नेपालले एक सय ५९ रनमा चौथो विकेट गुमायो । त्यसको लगत्तै पवन पनि ब्यक्तिगत ८१ रनमा आउट भएपछि नेपालले एक सय ७३ रनमा पाँच विकेट झार्न पुग्यो । पवनले एक सय ११ बलमा ८१ रन बनाएका हुन।

त्यसपछि सन्दिप जोराले पनि नेपालका लागि अर्धसतक प्रहार गरे । पहिलो खेलमा श्वास्थ्यका कारण बेन्चमा बसेका जोराले ३३ बलमा तीन चौका र तीन छक्का प्रहार गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest