नेपालद्वारा बंगलादेशसामु २६२ रनकाे लक्ष्य

एसीसी यू–१९ एसिया कपमा नेपालले बंगलादेशलाई दुई सय ६२ रनको लक्ष्य दिएको छ ।

कोलम्बोको पी सारा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै दुई सय ६१ रन बनायाे । उसले पहिलो विकेटका रुपमा ४५ रनको साझेदारी गरेको छ । तर ओपनर रित गौतम ३२ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो ।

त्यसपछि क्रिजमा आएका आसिफ शेख मात्र तीन रनमा बाहिरीदा नेपालले ५४ रनमा दोस्रो विकेट खेर फाल्यो । तेस्रो विकेटका लागि पवन सराफ र कुशल मल्ल विच ३९ रनको साझेदारी भएको थियो । तर कुशल २८ रनमा आउट भएपछि नेपालले ९३ रनमा तेस्रो विकेट गुमायो । नेपालका लागि ओपनर पवन सराफले अर्धसतक बनाएका छन ।

त्यसपछि रोहित पौडेल र पवन सराफ विच ६६ रनको साझेदारी भएपछि नेपालले एक सय ५० रन पुरा गर्यो । रोहित १४ रनमा आउट भएपछि नेपालले एक सय ५९ रनमा चौथो विकेट गुमायो । त्यसको लगत्तै पवन पनि ब्यक्तिगत ८१ रनमा आउट भएपछि नेपालले एक सय ७३ रनमा पाँच विकेट झार्न पुग्यो । पवनले एक सय ११ बलमा ८१ रन बनाएका हुन।

त्यसपछि सन्दिप जोराले पनि नेपालका लागि अर्धसतक प्रहार गरे । छैटौं विकेटका लागि सन्दिप र भिम शार्कीले ६७ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । तर भिम ब्यक्तिगत २१ रनमा आउट भएपछि नेपालले दुई सय ४४ रनमा छैटौं विकेट गुमायो । त्यसको लगत्तै सन्दिप जोरा पनि ५६ रनमा आउट भएपछि नेपालले सातौ विकेट गुमायो । उनले २७ बलमा तीन चौका र तीन छक्का प्रहार गरेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest