क्यानकाे निर्वाचन असाेजकाे पहिलाे साता हुने

नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्व चयनका लागि केन्द्रीय निर्वाचन असोज तीन र चार गने हुने भएकाे छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले गठन गरेको स्वतन्त्र कमिटिले केन्द्रीय निर्वाचन असोज ३ र ४ गते गरिने भएकाे छ । सात वटै प्रदेशकाे निर्वाचन सकिएपछि अब नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुन बाँकि रहेकाे छ ।

जसका लागि असाेजका पहिलाे साता निर्वाचन हुने भएकाे छ । केन्द्रीय निर्वाचनबाट १७ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ । केन्द्रीय कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष १–१ जना हुनेछन् । बाँकी १३ जना सदस्य निर्वाचित हुनेछन ।

४ वर्षको कार्यकालकाे चयनका लागि ५९ जनाकाे मताधिकार रहेकाे छ । जसमा हरेक जिल्लाबाट १-१ प्रतिनिधि गरेर ३९ र प्रदेशका २० जनाले भोट हाल्नपाउनेछन ।

क्यानको नयाँ नेतृत्व चयनपछि मात्र आईसीसीले निलम्बन फुकुवाको प्रक्रिया अगाडी बढाउनेछ । सरकारी हस्तक्षप भएकाे र विवाद भएकाे भन्दै २०७३ सालको वैशाखमा आईसीसीले नेपालमाथि निलम्बन लगाएकाे थियाे । जसकाे फुकुवाकाे पहल गर्न विभिन्न चरणका छलफल भएकाे थियाे । तर अन्तिममा अाइसीसीले राेडम्याप दिएपछि निर्वाचन प्रक्रिया अगाडी बढेकाे छ । पहिलाे चरणमा जिल्ला त्यसपछि प्रदेशकाे निर्वाचन भएकाे थियाे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest