सन्दिपले सिपीएलकाे पहिलाे खेलमा पाएकाे १ ओभरमा मात्र ५ रन दिए

क्यारेवियन प्रिमियर लिगको पहिलो खेलमा नेपाली बलर सन्दिप लामिछानेले राम्रो बलिङ गरेका छन ।

यो सिजनको सिपीएलको पहिलो खेलमा बार्बाडोसको प्लेइङ सेटमा नै परेका सन्दिपले एक ओभरमा मात्र ५ रन दिएका छन । उनले निकै कसिलो बलिङ गर्दै एक ओभरमा ५ रन मा दिन सफल भए । पहिलो र दोस्रो बल डट फालेका थिए भने तेस्रो बलमा हेमराजले चौका प्रहार गरेका थिए ।

चौथो बल डट फालेका उनले पाँचौ बलमा एक रन खर्चिए । तर ओभरको अन्यमा डट फाल्दै सिजनको दोस्रो विदेशी लिगमा राम्रो सुरुवात गरे । तर उनले पहिलो खेलमा मात्र एक ओभर गर्न पाए । टिमको छैटौं ओभर गरेका सन्दिप त्यसपछि बलिङमा उत्रिएनन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest