नेपालकाे यू–१९ एसीया कपमा सान्त्वना जित

एसीसी यू–१९ एसिया कपपमा नेपालले अन्तिम खेलमा यूएईलाई एक सय ६० रनले पराजित गरेको छ । जितसँगै नेपालले एसिया कपमा जितका साथ प्रतियोगिता सकेको छ भने विश्वकप छनोटमा ब्यहोरेको हारको बदला पनि लिएको छ ।

[match_center id=”33185″]

पहिले ब्याटिङ गरेकाे नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६५ रन बनायाे । नेपालको इनिङमा कप्तान रोहित कुमार पौडेलले ६७ रनको उत्कृष्ट योगदान दिए । नेपालले सुरुवातमा दुई विकेट गुमाएको थियो । पहिलो बलमा ओपनर रित गौतम क्याच आउट भए । चौथो ओभरमा पवन सर्राफ पनि डकआउट भए । उनले एघार बल सामना गर्दा एक रन पनि लिन सकेनन् ।

त्यसपछि क्रिजमा आएका आशिफ शेख र कप्तान रोहित कुमार पौडेल ७९ रनको साझेदारी गर्दै टिमको इनिङ् सम्हाल्ने प्रयास गरेका थिए । आशिफले ५३ बलमा आठ चौका प्रहार गर्दै ४६ रनको योगदान दिए ।

कप्तान रोहित कुमार पौडेल
नेपालको इनिङमा कप्तान रोहित कुमार पौडेलले ६७ रनको उत्कृष्ट योगदान दिए।

सन्दिप जोराले ४८ रनको योगदान दिए भने कुशल मल्लले पनि २२ बलमा एक चौका र दुई छक्का प्रहार गर्दै २२ रन बनाए ।

आठौं विकेटका लागि कमल सिंह ऐरी र राशिद खानले ७० रनको साझेदारी गर्दै नेपालको स्कोर २७६ रनसम्म पु¥याएका थिए । कमलले २६ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै ४१ रन बनाए । राशिद खानले पनि ४४ बलमा ४४ रन बनाए । उनले पाँच चौका र एक छक्का प्रहार गरेका थिए ।

जवाफमा यूएई ३४ ओभर चार बलमा एक सय २५ रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा भ्रितीया रुद्राभलले सर्वाधिक २८ रन बनाए । यस्तै अलिसान सराफुले २१ रन जोडे । बलिङमा नेपालका सागर ढकालले तनि तथा रसिद खान, शुर्य तामाङ र पवन सराफले दुई दुई विकेट लिए ।

सुरुवात देखि नै हावी भएको नेपालले २० रनमा यूएईको पहिलो विकेट लएका थियो । त्यसपछि ४८ रन हुँदा दोस्रो विकेट हात पारेको नेपालले ६० रनमा तेस्रो र ७३ रनमा चौथो विकेट झार्न सफल भयो । नेपाल बलर पुर्ण रुपमा हावी भएको खेलमा युएईले एकपछि अर्को विकेट लिन सफल भए । युएईको स्कोर एक सय २१ रन हुँदा ८ विकेट झरेको थियो ।

त्यसपछि पनि उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । अन्तिममा रसिद खानले लगातार दुई विकेट लिएपछि यूएई एक सय २५ रनमा अलआउट भयो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest