एसीसी यू–१९ एसिया कपको उपाधि भारतले जित्याे

एसीसी यू–१९ एसिया कपको उपाधि भारतले जितेको छ । लगातार दोस्रो तथा समग्रमा सातौं पटक उमेर समुहको उपाधि जित्नेक्रममा भारतले बंगलादेशलाई ५ रनले हरायो ।

टस जितेर पहिला ब्याटिङ गरेको भारतले ३२.४ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन मात्रै बनाउन सक्यो । भारका करण लालले सर्वाधिक ३७ रन बनाउँदा कप्तान ध्रुब जुरेलले ३३ रनको योगदान गरे ।

यस्तै शास्वत रावतले १९ रन बनाउँदा अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । जसमा तीन जना ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् । बंगलादेशका मृत्युन्जय चौधरी र सहिम हसनले समान तीन तीन विकेट लिएका थिए ।

तन्जिम हसन सकिब र साहिन आलमले एक एक विकेट हात पार्दा भारतका दुई जना ब्याट्सम्यान रन आउट हुन पुगे ।

जवाफमा बंगलादेश सुरुवात देखि नै दबावमा रह्यो । जसका कारण बंगलादेश ओभरमा रनमा अलआउट भयो । निकै खराव सुरुवात गरेको बंगलादेशका २ खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा मोहम्मद अकबर अलीले २३ तथा मोहम्मद मृतुञ्जयले २१ रन बनाए । उसले १८ अतिरीक्त रन पाएको थियो ।

१६ रन बनाउदा चार विकेट गुमाईसकेको बंगलादेशका सुरुवाती चार खेलाडी एकपछि अर्को रुपमा आउट भए । त्यसपछि पाँचौ विकेटका लागि उसले २४ रनको साझेदारी गरेको थियो । तर त्यसपछि पनि उसका खेलाडी क्रिजमा टिक्न नसक्दा ७८ रनमा आठ विकेट खेर फालेको थियो ।

तर अन्तिममा नबौ विकेटका लागि रकिबुल हसन र तान्जिन हसले २३ रनको साझेदारी गर्दै टिमलाई जितको नजिक पुर्याएका थिए । तर अन्तिममा लगातार दुई विकेट गुमाएपछि बंगलादेश उपाधि नजिक पुगेरपनि हार्न पुग्यो । बंगलादेशलाई कमस्कोरमा रोक्न भारत अतर्भले पाँच तथा आकाशले तीन विकेट लिए ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest