इंग्ल्यान्डले अष्ट्रेलियामाथि १ सय ३५ रनकाे जित

एसेज सिरिजअन्तर्गत पाँचौ टेष्टमा घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियामाथि १ सय ३५ रनकाे जित निकालेकाे छ । जितका बावजुत पनि पाँच खेलको टेष्ट सिरिज २-२ को ड्र भएकाे छ । सिरिज बराबरीसँगै अष्ट्रेलियाले एसेज ट्रफी भने रक्षा गरेको छ ।

अष्ट्रेलिया पहिलो इनिङमा २ सय २५ रनमा समेटिएको थियो । स्टिभ स्मिथले १ सय ४५ बलमा ९ चौका र १ छक्का सहित सर्वाधिक ८० रन जोडे । मार्नुस लाबुसेन ४८ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । इंग्ल्यान्डका जोफ्रा आर्चरले ६ विकेट लिएका थिए ।

पहिलो इनिङमा इंग्ल्यान्ड २ सय ९४ रनमा अल आउट भएको थियो । उसका लागि जाेस बटलरले ७० रन जोडेका थिए । कप्तान जो रुट ५७,रोय बर्न्स ४७ र ज्याक लेच २१ रन जोडे । मिचेल मार्शले ५,प्याट कमिन्स ३ र जोसन हेजलवुडले २ विकेट लिए ।

दोस्रो इनिङमा इंग्ल्यान्डले ३ सय २९ रन जोडेको थियो । जो डेनलीले सर्वाधिक ९४ रनको योगदान दिए । बेन स्टोक्सले ६७ रनको योगदान दिए । जस बटलर ४७ र जो रुटले २१ रन जोडे । अष्ट्रेलियाका नाथन लायनले ४,प्याट कमिन्स,पिटर सिडेल र मिचेल मार्शले समान २ विकेट हात पारे ।

इंग्ल्यान्डले दिएकाे ३ सय ९९ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ७७ ओभरमा २ सय ६३ रनमा अल आउट हुन पुग्यो । अष्ट्रेलियाका लागि म्याथ्यु वेडले १ सय १७ रनको शतकीय इनिङ खेलेपनि हार टार्न सकेनन् । स्टिभ स्मिथ २३, मिचेल मार्श २४ र टिम पेन २१ रनमा आउट भए । इंग्ल्यान्डका ज्याक लेच र स्टुअर्ट ब्रोर्डले समान ४ विकेट हात पारे । कप्तान जो रुटको नाममा २ विकेट रह्यो ।

 

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest