हायातले छाेडे हङकङ क्रिकेट टिम

हङकङका खेलाडी अन्सुमन राथले देशबाट नखेल्ने घोषणा गरेको अर्को दिन अर्का खेलाडी बाबर हायातले पनि टी–२० छनोटको टिमबाट नाम फिर्ता लिएका छन ।

भारतमा क्रिकेट खेल्ने लक्ष्यका साथ अंसुमनले देशबाट नखेल्ने बताएको अर्को दिन हायातले पनि टी–२० विश्वकप छनोट नखेल्ने भन्दै नाम फिर्ता लिएका छन । उनको स्थानमा तनविर अफ्जलले स्थान लिएका छन । हायातले ओमान र यूएई टुरमा टिममा नपरेको भन्दै विश्वकप छनोट नखेल्ने बताएका हुन ।

हायातसँगे इसान नवाज र तनविर अहमदले पनि नखेल्ने बताएका छन । दुबै खेलाडी यो टुरका लागि १५ खेलाडीको सूचीमा थिए, तर अन्तिम समयमा उनीहरुलाई रिर्जब खेलाडीमा राखेपछि दुबैले नाम फिर्ता लिनुका साथै हङकङ क्रिकेट बोर्डसँगको सम्झौता पनि रद्ध गर्ने भएका छन ।

हङकङका नयाँ प्रशिक्षक ट्रेन्ट जोनस्टोनलाई हायात, नवाज र अहमेदले अफ्जललाई टिममा राख्नुपर्ने बताएका थिए । तर प्रशिक्षकले अन्तिममा उनलाई नराखेपछि हायातसँग अरु दुई खेलाडीले पनि नाम फिर्ता लिएका हुन ।

ट्रेन्ट प्रशिक्षकका रुपमा आएको तीन सातामा नै हङकङ टिमका सिनियर खेलाडीलाई ड्रप गरेका छन । योसँगै हङकङ क्रिकेटमा ठुलो उथलपुथल भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest