भारतीय महिला क्रिकेट खेलाडीलाई फिक्सिङकाे अफर

भारतीय महिला क्रिकेट खेलाडीलाई म्याच फिक्सिङका लागि पहल गरिएको खुलासा भएको छ । यो बर्षको सुरुवातमा इंग्ल्याण्ड विरुद्धको सिरीजमा भारतीय महिला क्रिकेट खेलाडीलाई फिक्सिङका अफर गरेको बताइएको छ ।

बीसीसीआइको एन्टी करप्सन यूनीटले जनाएअनुसार बंग्लुरुका राकेश बाफ्ना र दितेन्द्र कोठारीले भारतीय महिला टिमका सदस्यलाई फिक्सिङ गर्न अप्रोच गरेको बताइएको छ । यो थाहा पाएपछि उनीहरुमाथि एफआइआर दर्ता गरिएको छ ।

स्पोर्टसस्टारले जनाएअनुसार कोठारीले आफु स्पोर्टस म्यानेजर भन्दै गत बर्ष खेलाडीसँग नजिक भएको बताएको छ । यो फेब्रेवरीमा बैंग्लुरुको नेश्नल क्रिकेट एकेडेमीमा रिकोभरी सेसन गरिरहेका बेला कोठारीले खेलाडीसँग आफु विभिन्न खेलाडीको म्यानेजर भनेर चिनाएका थिए । उनले बाफ्नालाई खेलाडीसँग परिचय गराएका थिए । त्यसपछि बाफ्नाले खेलाडीलाई फिक्सिङका लागि अप्रोच गरेका थिए । दुबै जनालाई पुलिसले पक्राउ गरेको छ । उनीहरुमाथि मुद्दापनि दर्ता गराइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest