इपिएलले भारतको डी स्पोर्टससँग ब्रोडकास्टका लागि सम्झौता

काठमाडौं – एभरेष्ट प्रिमियर लिग इपिएलले भारतको डी स्पोर्टससँग ब्रोडकास्टका लागि सम्झौता गरेको छ ।

इपिएलका प्रवन्ध निर्देशक र डी स्पोर्टसका प्रतिनिधी विच आज एक कार्यक्रम सम्झौता भएको छ । सम्झौता अनुसार डी स्पोर्टसले इपीएलका सबै खेलहरु प्रत्यक्ष प्रशारण गर्नेछ । नेपालको घरेलु क्रिकेटलाई ग्लोबल स्तरमा पुर्याउने उद्देश्यका साथ यो सम्झौता भएको इपीएलका प्रवन्ध निर्देशक आमिर अख्तरले बताए ।

एभरेष्ट प्रिमियर लिगमा स्वदेशी साथै टेष्ट खेल्ने देशका खेलाडीको पनि सहभागिता रहनेछ । यसका साथै प्रशिक्षक पनि विदेशी नै हुने देखिएको छ ।

डिस्कोभरी नेटवर्क अन्तर्गत रहेको यो च्यानलले विगब्यास लिग, पाकिस्तान सुपर लिग जस्ता प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्ने गरेको छ ।

यहि प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दशानायके भैरहवा ग्लाडियटर्सको प्रशिक्षकका रुपमा नेपाल आउने पक्का भएको छ ।

इपीएल फेब्रेवरी २९ देखि मार्च १४ तारिखमा काठमाडौं स्थित कीर्तिपुर मैदानमा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest