म्याच फिक्सिङकाे प्रयास गरेका विरूद्द अदालतमा मुद्दा

म्याच फिक्सिङका लागि प्रोत्साहन गर्ने प्रयास गरेको आरोपमा भारतीय प्रहरीले दुई जना विरुद्ध मुद्धा चलाएको छ । गत फेब्रुअरीमा इंग्ल्याण्डविरुद्धको खेलमा महिला खेलाडीलाई भेटेर उनीहरुले म्याच फिक्सिङ गराउनका लागि आग्रह गरेका थिए ।

राकेश बाफ्ना र जीतेन्द्र कोठारीविरुद्ध जुवासम्बन्धी मुद्धा चलाइएको बताइएको छ । भारतको सट्टेबाजी विश्वकै सबैभन्दा ठूलो उद्योगमध्ये एकमा पर्छ, जसले वार्षिक ४५ बिलियन देखि १५० बिलियनसम्मको कारोवार गर्ने गरेको छ ।

तीन दुईजना ब्यक्तिले आफु खेलकुदको म्यानेजर भन्ने झुटो परिचय दिएर महिला खेलाडीलाई भेटेका थिए । ती खेलाडीले तुरुन्त भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईमा खबर गरेका थिए । भारतमा एउटै खेलमा १९० मिलियन डलरसम्मको सट्टेबाजी हुने गरेको छ ।

यस्ता क्रियाकलापले इण्डियन प्रिमियर लिगसँगै अन्य खेलहरुमा पनि प्रभाव पारिरहेको छ । यसमा भारतका हाइप्रोफाइल खेलाडी र ब्यक्तिहरु पनि संलग्न रहेको पाइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest