राष्ट्रिय टिममा फर्कनुपर्ने भएकाले सन्दिपले सिपीएलका अन्तिम ४ खेल गुमाउने

नेपाली लेग स्पिनर सन्दिप लामिछाने हाल वेष्ट इन्डिजमा जारी क्यारेवियन प्रिमियर लिगमा ब्यस्त रहेका छन । लगातार दोस्रो सिजन क्यारेबियन प्रिमियर लिग खेलिरहेका सन्दिपले तीन खेलमा चार विकेट लिएका छन । अब उनको टिमले भोली राती चौथो खेल खेल्दैछ ।

यो सिजनको सुरुवातबाट नै प्लेइङ सेटमा परेका सन्दिपले सिपीएलको अन्तिम चार खेल भने गुमाउने भएका छन ।

नेपाली क्रिकेट टिमले सिंगापुर र ओमानमा दुई वटा टी–२० सिरीज खेल्ने भएकाले उनी विचमा नै नेपाली टिममा फर्कनेछन । दुबै सिरीजका लागि सन्दिप टिममा परेका छन ।

उनी नेपाली टिमबाट खेल्ने भएकाले सिपीएलको अन्तिम चार खेल र टिम प्लेअफमा पुगेमा ती खेलपनि गुमाउनेछन ।

सन्दिपको टिम र्बाबाडोस हाल तीन खेलमा एक जितका साथ पुछारबाट दोस्रो स्थानमा रहेको छ । उसलाई शिर्ष चारमा पुग्ने संभावना अझै बाँकी नै रहेको छ । सन्दिपले नेपाली टिमलाई सिंगापुरमा जोइन गर्नेछन ।

सिंगापुर र ओमानमा हुने टी–२० सिरीजका लागि नेपाली टिमको आज घोषणा गरिएको छ । जसमा पहिलो पटक कुशल मल्ल र इशान पाण्डे टिममा परेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest