सन्दिपले सिपीएलमा चाैथाे खेल खेल्दै

क्यारेबियन प्रिमियर लिग (सिपीएल) मा नेपाली खेलाडी सन्दिप लामिछानेको टिम र्बाबाडोस ट्रिडेन्ट्सले आज राती चौथो खेल खेल्दैछ । सेन्ट लुसिया विरुद्धको खेल नेपाली समय अनुसार राती पौने ६ बजे सुरु हुनेछ ।

अंकतालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको र्बाबोडोसले तीन खेलमा एक जित र दुई हार ब्यहोरेको छ । जसका कारण उसको दुई अंक रहेको छ । यसका साथै र्बाबाडोस भन्दा एक स्थान माथि रहेको सेन्ट लुसियाको पनि चार खेलमा एक जित र तीन हार रहेको छ ।

अरु टिमको तुलनामा कम खेल खेलेकाले र्बाबाडोसको प्लेअफमा पुग्ने संभावना रहेको छ । नेपाली खेलाडी सन्दिप लामिछाने आजको खेलमा पनि टिममा पर्ने प्रबल संभावना रहेको छ । उनले तीन खेलमा चार विकेट लिएका छन ।

सिपीएलमा सन्दिपले अब दुई खेल खेल्नेछन । त्यसपछि उनी राष्ट्रिय टिमले खेल्ने सिंगापुर र ओमान विरुद्धको सिरीजका लागि फर्किनेछन । उनी २३ तारिखमा हुने जमैका तालावा विरुद्धको खेलपछि राष्ट्रिय टिमबाट खेल्न सोझै सिंगापुर उड्नेछन ।

सिंगापुर र ओमानको सिरीजपछि सन्दिप राष्ट्रिय टिमको प्रशिक्षणमा समावेश हुनेछन । सन्दिपले सिपीएलको अन्तिम चार खेल र प्लेअफका खेल गुमाउनेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest