इंग्ल्याण्डले तिव्र गतिको बलर जोफ्रा आर्चरलाई अनुबन्ध

इंग्ल्याण्डले तिव्र गतिको बलर जोफ्रा आर्चरलाई अनुबन्ध गरेको छ । इंग्ल्याण्ड विश्वकप र एसेज शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका आर्चरलाई सिमित ओभर र टेस्ट क्रिकेटका लागि केन्द्रीय अनुवन्ध गरेको हो ।

बार्बाडोसमा जन्मिएका आर्चर गत बर्ष मात्रै इंग्ल्याण्डको टिममा परेका थिए । कागजी प्रक्रिया पुरा भएपछि टिममा आवद्ध भएका आर्चर विश्वकपको अन्तिम समयमा छनोट भएका थिए । विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका आर्चरले एसेजमा पनि उत्कृष्ट प्रदर्शन गर्दै २२ विकेट हात पारे । आर्चरसँगै इंग्ल्याण्डले रोरी बन्सलाई पनि अनुबन्ध गरेको छ । उता मोइन अलि र अदिल रशिदको भने टेस्टको सम्झौता रद्द गरेको छ ।

यस्तै स्पिन अलराउण्डर जो डेनलीसँग भने एक दिवसीय क्रिकेटका लागि सम्झौता भएको जनाइएको छ । उनका साथै जेसन रोय, आएन मोगर्न र मार्क बुडसँग पनि एक दिवसीय क्रिकेटका लागि सम्झौता गरिसकेको छ । जेम्स एन्डरसन, स्टअर्ट ब्रोड र साम करनसँग टेस्ट क्रिकेटको मात्रै सम्झौता छ ।

टेस्ट क्रिकेट सम्झौता अनुसार एक जना खेलाडीले बार्षिक ६ लाख पाउण्ड पाउँछन् भने एक दिवसीयवाला खेलाडीले २.७५ लाख पाउण्ड पाउने गर्छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest