सीपिएलमा सन्दिपकाे टिम विजयी, एक विकेट उनकाे नाममा

क्यारेवियन प्रिमियर लिग सीपीएल अन्तर्गत नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध बार्बाडोस ट्रिन्डेटले दोस्रो जित निकालेको छ । बार्बाडोसले सेन्ट लुसियालाई ७१ रनले पराजित गर्दै दोस्रो जित निकालेको हो । सन्दीपको टिमले पहिला ब्याटिङ गर्दै ६ विकेट गुमाएर १७२ रन बनाएको थियो ।

बार्बाडोसका लागि जस्टिन ग्रेभले सर्वाधिक ५७ रन बनाउँदा जोनाथन कार्टरले ३० रन बनाए । जोनसनले २८ रन बनाएका थिए । १७३ रनको लक्ष्य पछ्याएको सेन्ट लुसिया १४.५ ओभरमा १०१ रन मात्रै बनाउन सक्यो । आजको खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दा २९ रन खर्चिएर १ विकेट हात पारे ।

सन्दीपले आफ्नो पहिलो ओभर टिमको सातौं ओभरमा लिएर आएका थिए । पहिलो ओभरमा सन्दीपले ४ रन दिए । उनले दोस्रो र पाँचौं बल डट राखेका थिए भने बाँकी चार बलमा चार रन दिएका हुन् । नवौं ओभरमा दोस्रो ओभर लिएर आएका सन्दीपले पहिलो बलमै चौका दिए । दोस्रो बल डट राखेका सन्दीपले गरेको तेस्रो बलमा भने टिमले विकेट लिन सफल भयोे ।

कोलिन डी ग्राण्डहोम रन आउट भएका थिए । तेस्रो ओभरमा सन्दीपले मात्र २ रन खर्चिए । १३ औं ओभरमा सन्दीपले पहिलो बलमा १ रन दिएका थिए । त्यसपछि लगातार दोस्रो, तेस्रो र चौथो बल डट राखे भने पाँचौं बलमा १ रन दिए भने अन्तिम बल पनि डट नै राखे । तीन ओभरसम्म सन्दीपले १३ रन खर्चिएका थिए ।

तर चौथो ओभरमा भने उनी महँगो सावित भए । १५ औं ओभरमा अन्तिम स्पेल लिएर आएका सन्दीपले शुरुका २ बलमा लगातार छक्काको सामना गरे । तेस्रो बलमा १ रन दिएका सन्दीपले चौथो बलमा ३ रन दिन पुगे ।

पाँचौं बलमा भने उनले विकेट लिन सफल भए । हार्डस भिल्जोनलाई आउट गर्दै टिमलाई नबौं सफलता दिलाए । भिल्जोनलेनै आक्रमक ब्याटिङ गर्दै २० बलमा ३१ रन बनाएका थिए भने सन्दीपलाई लगातार २ छक्का प्रहार गरेका थिए । दशौं व्याट्सम्यानका रुपमा आवेट म्याक्वेव घाइते भएका कारण ब्याटिङमा नउत्रिए पछि सन्दीपको टिम बार्बाडोस ७१ रनले विजयी हुन पुग्यो । सन्दीपले आज ३.५ ओभर बलिङ गर्दा २९ रन खर्चिएर १ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest