गुएना विरूद्द सन्दिपकाे टिमकाे परिक्षा

नेपाली खेलाडी सन्दीप लामिछाने रहेको टिम बार्बाडोस ट्रिडेन्टले क्यारेबियन क्रिकेट लिगमा भाेली विहान गुएना अमेजन वारिवर्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

ब्रिजटाउनमा हुने बार्बाडोस र गुएनाबीचको खेल नेपाली समय अनुसार विहान ३ बजेर ४५ मिनेटमा सुरु हुनेछ । अहिलेसम्म २ खेलमा जित निकालेकाे बार्बाडाेस गुएनाविरुद्धकाे खेलमा जित निकाल्दै प्लेअफका लागि बलियाे दाबेदारीता दिने लक्ष्यमा रहेकाे छ ।

उसले चार खेलमा २ जित र २ हारका साथ ४ अंक जोडेर लिगको चौंथो स्थानमा छ । यता लिगकाे शिर्ष स्थानमा रहेकाे गुएना अपराजित टिम हाे । उसले ५ खेलमा पाँचैमा जित निकाल्दै १० अंक बनाएकाे छ । अहिलेसम्म हरेक खेलमा विकेट लिएका सन्दिपले याे खेलमा पनि सुरूवाती ११ मा पर्ने संभावना रहेकाे छ । सन्दिपले चार खेलमा पाँच विकेट हात पारेका छन ।

यसका साथै सन्दिपकाे टिमले छैटाै खेल पनि अाजकाे खेलकाे २४ घण्टामा खेल्नेछ । त्यसपछि सन्दिप राष्ट्रिय टिमका लागि सिंगापुर उड्नेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest