भारतविरुद्धको टी–२० सिरिजमा दक्षिण अफ्रिकाकाे बराबरी

भारतविरुद्धको टी–२० सिरिज दक्षिण अफ्रिकाले बराबरी गरेको छ । पहिलो टी २० वर्षाका कारण रद्द भएको थियो भने दोस्रो टी–२० भारतले जितेको थियो ।

आइतबार भएको तेस्रो तथा अन्तिम टी २० मा दक्षिण अफ्रिका ९ विकेटले विजयी भए पछि सिरिज बराबरीमा टुंगिएको हो । बेग्लोरमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १३४ रन बनाएको थियो ।

भारतका लागि शिखर धवनले सर्वाधिक ३६रन बनाउँदा ऋषभ पन्त र रबीन्द्र जडेजाले समान १९–१९ रनको योगदान गरे । दक्षिण अफ्रिकाका कागिसो राबडाले ३ विकेट लिएका थिए ।

१३५ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १९ बल बाँकी छँदै मात्र १ विकेट गुमाएर पुरा गरेको थियो । दक्षिण अफ्रिकाको जीतमा क्वीन्टन डी ककले सर्वाधिक ७९ रनमा नट आउट रहे । उनको यो टी २० मा सर्वाधिक रन पनि हो । ५२ बल खेलेका डी ककले ६ चौका र ५ छक्का प्रहार गरेका थिए ।

रिजा हेन्ड्रिक २८ रनमा आउट हुँदा टेम्बा बभुमा २७ रनमा नट आउट रहेका थिए । दक्षिण अफ्रिकाले गुमाएको एक मात्र विकेट हार्दिक पाण्ड्याको नाममा रह्यो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest