सिपीएलमा सन्दिपकाे किफायती बलिङ

क्यारेबियन प्रिमियर लिगमा गुयना विरुद्धको खेलमा सन्दिप लामिछानेले ३ ओभरमा २१ रन खर्चिएर एक विकेट लिएका छन । लगातार पाँचौ खेलमा टिममा परेका सन्दिपले पहिलो ओभरमा कसिलो बलिङ गर्न सफल भए ।

उनले सो ओभरमा एक छक्का खान पुगे । पहिलो बल डट फालेको सन्दिपले दोस्रो बलमा एक रन दिएका थिए । त्यसपछि तेस्रो बलमा हेमराजले छक्का प्रहार गर्दा त्यसपछिका लगातार दुई बल डट फाले । अन्तिम बलमा उनले एक रन खर्चिए ।

ब्यक्तिगत दोस्रो तथा टिमका लागि आठौं ओभरमा उनले मात्र ४ रन दिएर विकेट लिए । सन्दिपले पहिलो बलमा नै विकेट लिन सफल भए । उनले यो खेलमा पहिलो ओभरमा नै छक्का खाएका हेमराजलाई पेभेलियनको बाटो देखाए । उनले हेमराजलाई २० रनमा आउट गरे ।

त्यसपछि दोस्रो र तेस्रो बलमा एक एक रन दिएका सन्दिपले चौथो बल डट फाले । ओभरको पाँचौ बलमा उनले एक रन खर्चिन पुगे । त्यसपछि अन्तिम बलमा पनि एक रन दिएका उनले आफ्नो दोस्रो ओभरमा किफायती बलिङ गर्दे मात्र चार रन दिएर विकेट लिए ।

त्यसपछि ब्यक्तिगत तेस्रो तथा टिमको १० औं ओभरमा सन्दिप केहि महंगो बने उनले सो ओभरमा दुई चौका खान पुगे । सो ओभरमा सन्दिपले नौ रन दिए । ओभरको पहिलो बल डट फालेका सन्दिपले दोस्रो बलमा एक रन दिएका थिए । त्यसपछिका लगातार दुई बल डट फालेका उनले अन्तिम दुई बलमा चौका खान पुगे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest